बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँने
काठमाण्डौ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत लिँने हुनु भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को समर्थनमा ६३ सदस्यसहितको समर्थनमा थापा भदौ ४ गते मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
उहाँले आज दिउँसो १ बजे विश्वासको मत लिँने कार्यक्रम रहेको छ । तर राप्रपाले आफ्ना प्रदेश सभा सदस्य उद्धव थापालाई पार्टी सदस्य र प्रदेश सभा सदस्यबाट कारबाही गरेर अरु ३ प्रदेश सभा सदस्यलाई पनि कारबाहीको प्रक्रिया अगाडि बढाएपछि मुख्यमन्त्रीलाई संकट परेको छ । उहासँग एमालेको २५ र नेपाली कम्युनिष्ट पार्टीको २६ सदस्य मात्रै छ । राप्रपाले निर्वाचनमा मत नदिन ह्विप जारी गरेको छ ।
प्रदेश सभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका ३६ सांसदले मुख्यमन्त्री थापाको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । ११० सदस्यीय बागमती प्रदेश सभामा हाल १०४ सदस्य छन् । मुख्यमन्त्रीलाई ५३ मत आवश्यक छ ।
बागमती प्रदेशमा हाल नेपाली कांग्रेसको ३६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को २६, नेकपा एमालेको २५, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०को १२, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट छ । एमालेले दिएको विश्वासको मत फिर्ता लिएपछि एक महिनाका लागि भए पनि हाम्रो नेपाल पार्टीबाट अघिल्ला मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँको सरकारमा एक सदस्य मन्त्री भएकाले यो पार्टीको समर्थन पनि नहुने सम्भावना छ । सरकार बनाउने खेलमा नलाग्ने भएकाले नेपाल मजदुर किसान पार्टीको तटस्थ भूमिका पनि मुख्यमन्त्रीका लागि परीक्षाको विषय बन्ने छ ।

