जाजरकोट पहिरो अपडेट: मृत्यु हुनेकाे संख्या ३ जना पुग्याे, ७ घाइते, २ अझै बेपत्ता
काठमाडाैं । जाजरकोटको भेरी नगरपालिका-२ का विभिन्न स्थानमा गएकाे बाढी तथा पहिरोमा परी मृत्यु हुनेकाे संख्या ३ जना पुगेकाे छ।
पहिरोमा परी २ जना बेपत्ता भएका हुन् । मृत्यु हुनेहरुमा भेरी नगरपालिका-२ सालधाराका ५२ वर्षीय केदार कार्की, ५४ वर्षीय उमासिंह खत्री र ८३ वर्षीया रति खत्री रहेका छन् ।
पहिरोमा परी बेपत्ता हुनेमा चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस बिक रहेका हुन् । पहिरोमा परी ७ जना घाइते भएका छन् ।
घाइते मध्ये ५ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको हाे । २ जनालाई भने थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले बताएकाे छ ।

