थाक्रेको ८ किलोमा पहिरो खस्यो, काठमाडौं-मुग्लिङ सडक दुईतर्फी अवरुद्ध

काठमाडौं । मुग्लिङ सडकखण्ड अन्तर्गत धादिङको थाक्रे गाउँपालिका-६ स्थित आठकिलोमा पहिरो खसेको छ।

पहिरो खस्दा उक्त सडक दुईतर्फी अवरुद्ध बनेको धादिङ प्रहरी जनाएको छ। प्रहरीका अनुसार राजमार्गमा पहिरो खसेका कारण काठमाडौं भित्रिने र बाहिरिने सवारीसाधनहरू बिच सडकमै रोकिएका छन्।

बिहीबार बिहान करिब २:१५ बजे यो खण्डमा पहिरो खसेको थियो।

अहिले चार वटा जेसिबी प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ।