जनआस्था कार्यालयमा बिहानै छापा मार्न पुग्यो प्रहरी
काठमाडौँ । जनआस्थाका सम्पादक किशोर श्रेष्ठ पक्राउ प्रकरणमा प्रहरीको टोली आज बिहानै जनआस्था साप्ताहिकको कार्यालयमा छापा मार्न पुगेको छ ।
जनआस्थाका कर्मचारीका अनुसार पत्रिकाको कार्यालयमा पुगेको प्रहरीको टोली सम्पादक श्रेष्ठको कार्यकक्ष र समाचारकक्षमा प्रवेश गरेको छ ।
यसअघि हिजो राति घरबाटै श्रेष्ठ पक्राउ परेपछि राति १ बजे फेरि प्रहरीको टोली घर पुगेर छापा मारेको थियो ।
नेपाल पत्रकार महासंघलगायतका पत्रकारका संस्थाहरुले मध्यराति नै प्रहरी कार्यालयमा धर्ना दिएका थिए । प्रहरीको टोली आज बिहानै श्रेष्ठको कार्यालय पुगेको हो ।

