सुनसरीकाे महेन्द्र राजमार्ग र आसपास क्षेत्रमा फेरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार महेन्द्र राजमार्ग र आसपासका क्षेत्रमा फेरि अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासनले मंगलबार अपराह्न साढे ३ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश आदेश जारी गरेकाे हो । सुनसरी जिल्लामा पर्ने महेन्द्र राजमार्गको चार किल्ला तथा इनरुवा बजार क्षेत्र सीमानाभित्र कसैले आवतजावत गर्न तथा कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र घेराउ गर्न नपाउने गरी अनिश्चितकालिन कर्फ्यू आदेश जारी गरिएको छ।

पूर्वपकली चोकसम्म, पश्चिम कोसी व्यारेजको पुल, उत्तर र दक्षिण महेन्द्र राजमार्गदेखि २ सय मिटर क्षेत्रसम्म कर्फ्यू आदेश जारी गरिएकाे प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले बताउनुभयाे ।