एडिबीले पूर्वाधार निर्माण तथा विस्तारका लागि ६ अर्ब बराबरको ऋण दिने
काठमाण्डौ । नेपाल सरकार र एसियाली विकास बैँक(एडिबी)बीच पूर्वाधार निर्माण तथा विस्तारका लागि .६ अर्ब बराबरको सहुलियतपूर्ण ऋणमा सम्झौता भएको छ ।
एसियाली बिकास बैंकद्वारा ७ सय ५३ वटा पालिकामध्ये पोखरा महानगरपालिका, जनकपुर उपमहानगरपालिका, रुपन्देहीका सैनामैना नगरपालिका, लुम्बिनी साँस्कृतिक नगरपालिका, तिलोत्तमा नगरपालिका, देवदह नगरपालिका र सिद्धार्थ नगरपालिकाको पूर्वाधार विकास र विस्तारका लागि अनुदान सहायता तथा सहुलियतपूर्ण ऋणमा आज () सम्झौता भएको हो ।
अर्थ मन्त्रालय तथा शहरी विकास मन्त्रालय सिंहदरबार काठमाडौमा बुधबार औपचारिक रुपमा १ महानगरपालिका,१ उपमहानगरपालिका र ५ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले एडिबीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ । योसँगै विभिन्न पूर्वाधार निर्माणका काम सुरु हुने भएका छन् ।