एमाले उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन थुनामा राखिने

काठमाण्डौ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दाको अनुसन्धानको क्रममा पक्राउ परेका एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप पाँच दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागबाट अनुसन्धानका लागि पौडेललाई बिहीबार (जेठ २५) म्याद थपका लागि विशेष अदालतमा पेस गरिएको थियो । न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको इजलासबाट अनुसन्धानका लागि पाँच दिन थुनामा राख्न म्याद थप भएको हो ।

उहाँलाई योसहित चौथोपटक म्याद थप भएको छ । इजलासको आदेशबमोजिम पौडेललाई न्यायिक हिरासतमा राख्न पठाइएको अदालतकी सूचना अधिकारी सूचना अधिकारी पार्वती हितानले जानकारी दिनुभयो।

पौडेललाई सम्पत्ति शुद्धीकरणका अभियुक्त दीपक भट्टसँगको कारोबारसँग जोडेर विभागबाट अनुसन्धान भइरहेको छ ।