इरानमाथि अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाउ बढ्यो

एजेन्सी । इरानमाथि अमेरिकाले आक्रमण गरेसँगै कच्चा तेलको भाउ फेरि बढेको छ । पछिल्लो तनावसँगै अमेरिकाले इरानी तेल निर्यातमा दिइएको अस्थायी छुट फिर्ता लिएको छ ।

अमेरिका–इरान तनावको आक्रमणको प्रत्यक्ष असर विश्व बजारमा देखिएको हो । अमेरिकी कच्चा तेलको भाउ २.७ प्रतिशतले बढेर प्रति ब्यारेल ७२.४० डलरमा पुगेको छ । मध्य पूर्वमा बढेको तनावले तेल आपूर्तिमा असर पार्न सक्ने चिन्ताले ब्रेन्ट क्रुड र वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) क्रुड दुवैको मूल्यमा वृद्धि भएको हो ।

बजार विश्लेषकका अनुसार यदि तनाव थप लम्बिएर स्ट्रेट अफ होर्मुजबाट हुने जहाज आवागमनमा कमी आएमा तेलको मूल्य अझै बढ्न सक्नेछ । २४ घण्टाअघि शुरु भएको हवाई आक्रमण झन्डै चार घण्टासम्म चलेको र त्यस क्रममा ‘सटिक हतियार’ प्रयोग गरेर ८० भन्दा बढी लक्ष्यमा प्रहार गरिएको अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम)ले जनाएको छ ।

यो आक्रमणको जवाफ दिने इरानले प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । इरानमा आक्रमण भएको केही घण्टापछि कुवेत र बहराइनमा पनि खतराको साइरन बजेको छ ।