सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घट्यो
काठमाण्डौ । हप्ताको पहिलो कारोबारकाे दिन हिजो ४०० रुपैयाँले घटेको सुनको भाउ आज तोलामा ९०० रुपैयाँले घटेको छ ।
सुन आज तोलाको २ लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुुनको भाउ २ लाख ९० हजार ३०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । चाँदी २० रुपैयाँले घटेर ४ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ ४ हजार ६०५ रुपैयाँ थियो ।

