नक्कली भुटानी शरणार्थी प्रकरणः सानु भण्डारीको निवेदनमा कैफियत प्रतिवेदन माग
काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवाद सानु भण्डारीलाई र्पुपक्षका लागि थुनामा पठाउने उच्च अदालत पाटनको आदेश झिकाउन सर्वोच्चले आदेश दिएको छ।
गत मंसिर १५ गते जिल्ला अदालत काठमाडौँको आदेशलाई सदर गर्दै उच्च अदालत पाटनले भण्डारीसहित अरु प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश सदर गरेको थियो। न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासले गरेको आदेशविरुद्ध भण्डारीले सर्वोच्चमा दिएको निवेदनमाथि सुनुवाइ गर्र्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो।
न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले मंगलबार ‘कैफियत प्रतिवेदन’ झिकाउन आदेश दिएको सर्वोच्चले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा भण्डारीकै बयानका आधारमा पूर्वगृहमन्त्री बालकृष्ण खाँड पक्राउ परेका थिए ।
उनीविरुद्ध अघिल्लो वर्ष नै किटानी जाहेर परे पनि प्रहरीले उनलाई रातरात छाडेको थियो। तर गत जेठमा भने उनलाई पक्राउ गरेर अनुसन्धान थालेसँगै अरु प्रतिवादीहरु पनि तानिदै गएका हुन् ।