विपक्षी दलहरूले पराष्ट्रमन्त्री खनाललाई सदनमा बोल्न दिने
काठमाण्डौ । विपक्षी दलहरूले पराष्ट्रमन्त्री शिशिर खनाललाई सदनमा बोल्न दिने भएका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग भएको छलफलपछि जुटेका विपक्षी परराष्ट्रमन्त्रीलाई सम्बोधन गर्न दिनका निम्ति तयार भएका हुन् ।
त्यसपछि दलका नेताले बोल्ने तयारी भएको स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउने माग भने यथावत राख्ने तयारी विपक्षीको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले नेपालले पनि भारतको भूमि मिचेको रहेछ भन्ने अभिव्यक्ति सदनमा दिएपछि विपक्षी विरोधमा छन् । सोही विषयमा आज रास्वपाका सभापतिले विपक्षीसँग छलफल गरे ।
बिहान ११ बजे बोलाइएको प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि सारियो । बैठक अझै सुरु भएको छैन । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

