इजरायलले इरानमाथि जवाफी हमला गर्‍यो

एजेन्सी ।  बेरुतमा इजरायली हमलाको जवाफमा इरानले इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेपछि इजरायलले इरानका विभिन्न सहरमा हवाई हमला गरेको छ।

इजरायली सेनाले तेहरान, तब्रिज र इस्फाहानलगायत क्षेत्रमा लक्षित हमला गरेको जनाएको छ। इरानको हमलालाई इजरायलको डिफेन्स सिस्टमले रोकेको दाबी गरेको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायललाई संयम अपनाउन आग्रह गरे पनि तनाव बढ्दै गएको छ। यो घटना अप्रिलको युद्धविरामपछि पहिलो ठूलो प्रत्यक्ष टकराव हो। दुवै पक्षले थप हमलाको चेतावनी दिएका छन्।