सुन आज तोलामा २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार

काठमाण्डौ ।  आज पनि सुनको भाउ घटेको छ । आज तोलामा ९०० रुपैयाँले घटेर सुन २ लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेका नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ  ।

हिजो पनि सुन तोलामा आठ हजार २०० रुपैयाँले घटेको थियो  ।  गएको २१ गतेदेखि सुनको भाउ  निरन्तर घटिरहेको छ । आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ ।

हिजो तोलामा ३३५ रुपैयाँले घटेको चाँदी आज भने १० रुपैयाँले बढेको हो । आज तोलाको चार हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने चाँदी तोलाको चार हजार ८९५ रुपैयाँमा कारोबार भएको थियो ।