काठमाण्डौ महानगरको १४ औँ नगरसभा सुरु

काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाको १४ औँ नगरसभा सुरु भएको छ । कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा आज (आइतबार) महानगरपालिकाको १४ औं नगरसभा सुरु भएको हो । गत बुधबार बस्ने भनिएको नगरसभाको बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो ।

कांग्रेसका जनप्रतिनिधीहरुले कर्मचारी निलम्बन गरेको विरोधमा नगरसभामा अनुपस्थित हुने जनाएपछि बैठक अन्तिम समयमा स्थगित भएको थियो । मेयर बालेन्द्र शाह (बालेन) का सचिवालय प्रमुखसहित तीन कर्मचारीले महानगरको निर्णय उल्टाएको भन्दै निलम्बनमा परेका थिए ।

कर्मचारी नियुक्ति विवादमा मुछिएपछि प्रमुख प्रशासकिय अधिकृत वसन्त अधिकारी बिदामा छन् । आजको नगरसभामा कार्यवाहक प्रशासकिय अधिकृतको जिम्मेवारी शिक्षा विभागका प्रमुख सिताराम कोइरालालाई दिइएको छ ।