राष्ट्रिय भलिबलकाे फाइनलमा एपीएफ र पुलिस खेल्ने

काठमाण्डाै। साविक विजेता सशस्त्र प्रहरी बलकाे एपीएफ क्लब र नेपाल पुलिस क्लब सुर्खेतमा चलिरहेको ३४ औँ राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।

आज भएकाे पहिलाे सेमिफाइनलमा गण्डकी प्रदेशलाई ३–० काे साेझाे सेटमा हराउँदै एपीएफ फाइनलमा पुगेकाे हाे । एपीएफले पहिलाे सेट २५–२३, दाेस्राे सेट २५–२० र तेस्राे सेट २५–१५ ले हरायाे ।

यस्तै आजै भएकाे दाेस्राे सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई हराउँदै नेपाल पुलिस क्लब फाइनलमा पुगेकाे छ । पुलिसले पहिलाे सेट २५–२१, दाेस्राे सेट २५–२३ र तेस्राे सेट २५–१९ ले हरायाे ।

नेपाल भलिबल सङ्घको आयोजना र कर्णाली प्रदेश भलिबल सङ्घको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनल भाेलि बिहीवार दिउँसाे १ बजे शुरु हुनेछ ।