नेप्से आज ३ अङ्कले बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा

काठमाण्डौ ।  शेयर बजार परिसूचक नेप्से आज (बिहीवार) सामान्य बढेको छ ।

नेप्से आज ३ अङ्कले बढेर २ हजार ८९ दशमलव ८४ विन्दुमा पुगेको छ । आज सबैभन्दा धेरै सपोर्ट लघुवित्त र एनआईबीएल ग्रोथ फन्डको शेयर १० प्रतिशतले बढेको छ ।

 

यस्तै विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा समूहको शेयर सामान्य घटेको छ भने अरू समूहको शेयर सामान्य बढेको छ ।

सम्रगमा शेयर बढ्दा प्रोग्रेसिभ फाइनान्सको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ । आज दुई सय ६२ वटा कम्पनीका ५१ लाख ३० हजार कित्ता शेयर किनबेच हुदा एक अर्ब ७८ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।