शेयर बजार आज मङ्गलवार उच्च अङ्कले घट्यो
काठमाण्डौ । शेयर बजार मङ्गलवार उच्च अङ्कले घटेको छ ।
शेयर बजार परिसूचक नेप्से ३० दशमलव शून्य पाँच अङ्कले घटेर दुई हजार ३० दशमलव १० विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा होटल, निर्जीवन बीमा र जलविद्युत् समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । सबैभन्दा धेरै हिमालयन हाइड्रोपावर लिमिटेडको शेयर १० प्रतिशतले र सिटिजन्स लाइफ इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन चिरख्वा हाइड्रो, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरिङ हाउस लिमिटेडको शेयर भने १० प्रतिशतले बढेको छ ।
१ करोड ११ लाख कित्ता शेयर चार अर्ब चार करोड ४६ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै शिवम् सिमेन्टको १६ करोड ११ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।