एमाले प्रदेश पदाधिकारीको १९ गते काठमाडौँमा भेला हुने
काठमाडौँ । नेकपा एमाले प्रदेश पदाधिकारीको यही पुस १९ गते काठमाडौँमा भेला हुने भएको छ । नवनिर्वाचित प्रदेशका पदाधिकारीको १९ गते भेला हुन लागेको हो ।
भेलामा सबै प्रदेश कमिटीका अध्यक्ष, उपाध्यक्ष, सचिवलगायतका सहभागिता रहने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्मराज अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भेलामा प्रदेश पदाधिकारीलाई अभिमुखीकरण तथा परीक्षण दिइने छ ।
भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । पार्टी नेताहरूले प्रदेश पदाधिकारीलाई अभिमुखीकरण दिने एमालेले जनाएको छ ।