दक्षिण कोरियाका विपक्षी नेता जे–म्युङमाथि छुरा प्रहार

एजेन्सी । दक्षिण कोरियाका विपक्षी नेता ली जे–म्युङमाथि छुरा प्रहार भएको छ ।

ली जे–म्युङमाथि दक्षिणी बन्दरगाह सहर बुसानमा आयोजित पत्रकार सम्मेलनमा छुरा प्रहार भएको बीबीसीले जनाएको छ ।

सन् २०२२ को राष्ट्रपतीय चुनावमा थोरै मतान्तरले हारेका ली जे–म्युङलाई आज बिहान घाँटीमा छुरा प्रहार भएको हो ।  नेता लीलाई आक्रमण गर्ने एक जनालाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । आक्रमणकारीले शुरुमा नेता लीसँग अटोग्राफ मागेका र अचानक छुरा प्रहार गरेका खबरमा उल्लेख छ ।

छुरा प्रहारबाट नेता लीको घाँटीमा गहिरो चोट लागेको छ । ५९ वर्षीय लीले डेमोक्रेटिक पार्टी अफ कोरियाको नेतृत्व गर्दै आउनुभएको छ । उहाँ यसअघिको राष्ट्रपतीय चुनावमा वर्तमान राष्ट्रपति युन सुक–योलसँग शून्य दशमलव ७३ प्रतिशतको मतान्तरले पराजित हुनुभएकाे थियाे ।