कांग्रेसभित्र कुनै तरङ्ग ल्याउने पक्षमा छैन : ओली
काठमाण्डाै । सत्तारूढ कांग्रेसभित्र आफूले चलखेल गर्न नचाहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलेबताउनुभएको छ ।
राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेसले आज सोमवार काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले कांग्रेसभित्र कुनै राजनीतिक तरङ्ग ल्याउने इच्छा आफूमा नभएको टिप्पणी गर्नुभएको हो । कांग्रेस सत्ताको अमनचयनमा रहेकाले त्यसमा खलल पार्न पनि आफूलाई मन नलागेको उहाँले भनाइ थियाे ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले देशलाई आवश्यक नभएको ठूल्ठूला ‘भ्यु टावर’ बनाएको भन्ने अभिव्यक्तिप्रति कटाक्ष गर्दै ओलीले कांग्रेसको नीति एकतले घर मात्रै बनाउने हो भनी प्रश्नसमेत गर्नुभयो ।
अध्यक्ष ओलीले बालकुमारी घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला जिम्मेवार रहेको दाबी गर्नुभयाे । मन्त्री ज्वाला पुगेपछि भीड उत्तेजित हुँदा प्रहरीको गोली लागेर दुई जना युवाको ज्यान गएको उहाँकाे भनाइ थियो ।
ओलीले एमालेले राष्ट्रियताको प्रश्न, देशको सुशासन, समृद्धि र विकासको प्रश्नमा राजनीतिक दलहरूसँग मलेमिलाप गरेर अघि बढ्न चाहेको उल्लेख गर्नुभयाे ।