माइतीघरको निषेधाज्ञा तत्काल हटाउन गगन थापाको आग्रह
काठमाण्डौ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले काठमाण्डौको माइतीघरको निषेधित क्षेत्र तत्काल हटाउन सरकारसँग आग्रह गर्नुभएको छ ।
आज सोमवार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा महामन्त्री थापाले माइतीघरलाई निषेधित क्षेत्र तोक्नुको कुनै औचित्य नरहेको भन्दै तत्काल हटाउन गृहमन्त्रीलाई आग्रह गर्नुभएको हो ।
बैठकमा महामन्त्री थापाले बालकुमारी घटना भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको लापर्बाहीका कारण भएको बताउनुभयो । आन्दोलनबारे थाहा हुँदाहुँदै पनि आन्दोलन भइरहेको बाटोबाट सवारी गर्नु लापर्बाही भएको उहाँले बताउनुभयो । लापर्बाही गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने उहाँको भनाइ छ ।
थापाले बालकुमारी घटनामा श्रम मन्त्रालय र गृह मन्त्रालयको पनि कमजोरी रहेको बताउनुभयो । उहाँले साउनदेखिको ईपीएसको विषय सरकारले सम्बोधन नगर्नु सरकारको लापर्बाही भएको पनि बताउनुभयो ।