आज देशैभर राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदै

काठमाण्डौ । ईस्वी संवतको नयाँ वर्ष सन् २०२४ को पहिलो दिन आज राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ ।

देशमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्न वि.सं २०७० देखि ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।

नेपालमा विशेषतः भाद्गाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ । तर विभिन्न समुदायले आ–आफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गर्छन् ।