पाल्पामा आगोलागी बाट २५ लाखभन्दा बढीको क्षति

काठमाण्डौ । पाल्पामा आगोलागीबाट एक घरमा क्षति भएको छ । रामपुर नगरपालिका –८ एक्लेटार खम्चुवास्थित रामप्रसाद न्यौपानेको घरमा आगोलागी हुँदा घरमा क्षति पुगेको हो ।

घरमा विद्युत सर्ट भइ आइतबार दिउँसो साढे २ बजेको समयमा न्यौपानेको तीन तले घरमा आगोलागी भएको थियो । रामपुर नगरपालिकाको दमकलको सहयोगमा प्रहरी र स्थानीयले मिलेर पौने ४ बजे नै आगो नियन्त्रणमा लिएको छ ।

आगोलागीबाट न्यौपानेको घर पूणरुपर्मा क्षति भएको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । आगोलागीबाट घरभित्रको अन्नपात, लत्ताकपडासहित नगद ९२ हजार र ३ तोला सुन समेत जलेर नष्ट भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगोलागी बाट २५ लाखभन्दा बढीको क्षति भएको छ ।