अधिवक्ता भगवती पाण्डे पक्राउ
काठमाण्डौ । कानुन व्यवसायी भगवती पाण्डे ‘शीतल’ लाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी अनिल अधिकारीका अनुसार आज (बुधबार) अधिवक्ता पाण्डेलाई पक्राउ गरिएको हो । एक टेलिभिजन अन्तर्वार्तामा अधिवक्ता पाण्डेले तामाङ, मुस्लिम, र मगर समुदायमा दाजु बहिनिबीच विवाह हुने अभिव्यक्ति दिएकी थिइन् ।
उनीविरुद्ध नेपाल तामाङ घेदुङको तर्फबाट कुमारसिंह घिसिङ र नेपाल मगर संघका ज्ञानेन्द्र पुनले जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिनु भएको थियो ।
गत शुक्रवार जिल्ला अदालत काठमाडौँले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । भगवती पाण्डेविरुद्ध जातीय भेदभाव तथा छुवाछुत गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको डिएसपी अधिकारीले बताउनु भएको छ ।
यसैबिच, तामाङ कलाकारहरुले अधिवक्ता भगवती पाण्डे ‘शीतल’लाई पक्राउ गर्न दवाव दिँदै जिल्ला प्रहरी परिसर टेकुमा बिरोध प्रर्दशन गरेका छन् । आज दिउँसो उनिहरुले अधिवक्ता भगवती पाण्डेलाई प्रहरीले पक्राउ गरी अनुसन्धार अगाडि नबढाएको भन्दै बिरोध प्रर्दशन गरेका थिए ।