अफगानिस्तानमा चार दिने पोलियो अभियान

काठमाण्डौ । अफगानिस्तानमा सोमबारदेखि चार दिने पोलियोविरुद्धको अभियान सुरु भएको जनस्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो अभियानसँगै पाँच वर्ष मुनिका झण्डै ८८ लाख बालबालिकालाई अपाङ्ग बनाउने रोगविरुद्धको खोप लगाइनेछ ।

पूर्वाञ्चलमा भने खोप अभियान सात दिनसम्म चल्ने र ४२ जिल्लामा १० वर्षमुनिका बालबालिकालाई पोलियोबिरुद्धको खोप दिइनेछ । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल