रुसी सेनामा संलग्न करिब १०० जना नेपाली हराइरहेको उजुरी छ : परराष्ट्रमन्त्री
काठमाण्डौ । परराष्ट्रमन्त्री एनपी साउदले रुस-युक्रेन युद्धमा रुसी सेनामा संलग्नमध्ये १०० जना हाराहारी नेपाली हराइरहेको र घाइते भएको उजुरी आएको बताउनु भएको छ ।
राष्ट्रिय समाचार समितिसँगको कुराकानीमा परराष्ट्रमन्त्री साउदले करिब २ सय नेपाली रुसी सेनामा संलग्न भएको अनुमान रहेको पनि बताउनु भएको छ ।
पुष्पकमल दाहाल नेतृत्वको सरकार गठन भएको एक वर्ष पूरा भएको सन्दर्भमा रासससँग कुरा गर्दै परराष्ट्रमन्त्री साउदले रुसी सेनामा नेपालीलाई सहभागी गराइएकोबारे त्यहाँको सरकारलाई चासो राखिएको बताउनु भएको छ ।
रुसी सेनामा कति नेपाली संलग्न रहेका छन् भन्ने यकिन विवरण नभएको परराष्ट्रमन्त्री साउदको भनाइ थियो ।