माओवादी पार्टी पार्टीजस्तो भएन : दाहाल

काठमाण्डौ ।  माओवादी पार्टी पार्टीजस्तो नभएको प्रधानमन्त्री एवं (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले बताउनु भएको छ ।

आज (बुधबार)बाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रिय समितिको चौथो बैठक शुभारम्भ गर्दै उहाँले माओवादी केन्द्र पार्टीजस्तो नभएको भन्नु भएको छ ।

उहाँले पार्टी पुननिर्माणका लागि ऐतिहासिक कदम चाल्नका लागि केन्द्रिय समितिका नेताहरुले गम्भिरतापूर्वक जिम्मेवारी भएर अनुशासित ढंगले बहस र छलफललाई अघि बढाउने समेत बताउनुभयो ।

अध्यक्ष दाहालले केन्द्रिय समिति बैठकले पार्टी निर्माण र पुनर्निर्माणको ऐतिहासिक अभियान थालनी गर्नुपर्ने समेत बताउनुभयो । नेता, कार्यकर्ताको विशाल पंक्ति पार्टीमा रहेकाले यो बैठकले पार्टी पुनर्निर्माणको ऐतिहासिक थालनी गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई थियो ।

अध्यक्ष दाहालले समाजवाद स्थापना गर्ने उद्देश्यका साथ समाजवादी मोर्चा निर्माण गरिएकाले बैठकले त्यसलाई अझ व्यवस्थित ढंगले अघि बढाउन पनि ठोस धारणा तय गर्ने अपेक्षा समेत आफूले गरेको बताउनुभयो ।