नेकपा एमालेले सचिवालय बैठक बोलाउने, सङ्कल्प यात्राको समीक्षा गरिने

काठमाण्डौ । नेकपा एमालेले सचिवालय बैठक बोलाउने तयारी गरेको छ ।

‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’को समीक्षा गर्न एमाले सचिवालय बैठक बस्ने लागेको हो ।

एमालेका अनुसार एक दुई दिनभित्रै सचिवालय बैठक बस्ने गरी तयारी भइरहेको छ ।

सचिवालय बैठकपछि यात्राको विस्तृत रिपोर्ट सार्वजनिक गरिने एमालेले जनाएको छ ।

एमालेले मङ्सिर १४ देखि पुस १ सम्म मध्यपहाडी लोकमार्गको यात्रा गरेको थियो ।