नेपालको फिफा महिला वरीयता खस्किएर १०५ औं स्थानमा पुग्यो
काठमाण्डौ । नेपालको फिफा महिला वरीयता खस्किएको छ ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपालको वरीयता घटेको हो । नयाँ वरीयतामा नेपाल १०५ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको थियो ।
यस्तै, एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २० औं स्थानमा रहेको छ । दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ६५ औं स्थानमा रहेको छ ।
विश्व वरीयतामा स्पेन शीर्ष स्थानमा उक्लिएको छ । स्पेन पहिलो पटक शीर्ष स्थानमा उक्लिएको हो । यस्तै अमेरिका दोस्रो, फ्रान्स तेस्रो, इंग्ल्यान्ड चौंथो र स्विडेन पाँचौं स्थानमा रहेको छ ।