मौसम खबर : बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई ठाउँमा ठूलो पानी पर्ने

काठमाण्डौ । हाल देशमा मनसुनी वायुको प्रभाव जारी रहेको छ ।

गएराति पनि बाग्मती, कोशी र गण्डकी प्रदेशका धेरै ठाउँमा पानी परेको थियो । अहिले कोसी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने बाग्मती, कोसी, लुम्बिनी र सुदूरपश्चिमका एक दुई ठाउँमा भने ठूलो पानी पर्ने अनुमान रहेको मौसमविद् गंगा नगरकोटीले बताउनु भएको छ ।

यस्तै आज राती भने कोसी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोसी, बागमती र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।