कालो झण्डा देखाएर समस्याको समाधान नहुने अध्यक्ष ओलीको भनाई
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कालो झण्डा देखाएर समस्याको समाधान नहुने बताउनुभएको छ ।
आज बिहान तेह्रथुमको म्याङलुङ्गमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीहरूको मागलाई लोकतान्त्रिक विधिबाट समाधान खोज्नुपर्ने बताउनुभयो ।
अध्यक्ष ओलीले अहिलेको व्यवस्था ल्याउन आफूहरूले जेलनेल र अनेकौँ कष्ट सहेको समेत स्मरण गर्नुभयो थियो ।