उच्च अदालत पाटनको आदेशमा ३० लाख धरौटी दिएर रिहा हुने भए बालकृष्ण खाँण

काठमाण्डौ । उच्च अदालत पाटनले पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको छ । न्यायाधीश कृष्णराम कोइरालाको इजलासले खाँणलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश गरेको हो ।

यसअघि खाणका सम्बन्धमा न्यायाधीशहरूको राय बाझिएको थियो । मुद्दाको सुनुवाइपछि न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाख धरौटीमा छाड्नुपर्छ र प्रकाश खरेलले थुनामै राख्नुपर्छ भन्ने राय दिएका थिए ।

दुवै न्यायाधीशहरुविचको राय बाझिएपछि तेस्रो न्यायाधीशको रायका लागि खाँणले दिएको निवेदन विहीबार तेस्रो न्यायाधीश कोइरालाको इजलासमा पेश भएको हो । उच्च अदालतको यो आदेश विरुद्ध खाणले सर्वोच्च अदालतमा निवेदन दिन पाउछन् ।

उच्च अदालत पाटनले गत १५ मंसीरमा अदालतमा हाजिर भएका २० मध्ये आधाजसो आरोपितहरुलाई धरौटीमा छाड्न वा थुनामुक्त गर्न आदेश दिएको थियो । २० मध्ये बालकृष्ण खाँणको हकमा मात्रै दुई न्यायाधीशविच राय बाझिएको थियो । नक्कली शरणार्थी प्रकरणमा आरोपित बनाइएका ३० मध्ये १० जना अदालतमा उपस्थित नभई अझै सम्पर्कबाहिर छन् । गत जेठमा पक्राउ परेदेखि नै पूर्वगृहमन्त्री खाँण थुनामा छन् ।