शेयर बजार परिसूचक नेप्से ३६ अङ्कले बढ्यो

काठमाण्डौ ।  मङ्गलवार शेयर बजार परिसूचक नेप्से ३६ अङ्कले बढेको छ ।

सोमवार १५ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से मङ्गलवार ३६ दशमलव ८६ अङ्कले बढेर १ हजार ९ सय ८५ दशमलव ४४ विन्दुमा पुगेको हो ।

सबै समूहको शेयर बढेकोमा बीमा, होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, हाइड्रोपावर, विकास बैंक, व्यापार, माइक्रोफाइनान्स, फाइनान्स समूहको शेयर उच्च अङ्ले उकालो लागेको छ ।
त्यस्तै बोटलर्स नेपाल, धौलागिरि लघुवित्त, नेपाल रिपब्लिक मिडिया, सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको शेयर १० प्रतिशतले बढेको छ ।

समग्रमा बजार बढे पनि सीवाईसी नेपाल लघुवित्तको शेयर भने ५ प्रतिशतभन्दा धेरैले घटेको छ ।
मङ्गलवार १ करोड २४ लाख कित्ता शेयर ४ अर्ब ३० करोड रुपैयाँमा कारोबार हुँदा सबैभन्दा धेरै शिवम् सिमेन्ट्सको १८ करोड रुपैयाँको शेयर किनबेच भएको हो ।