नेप्से आज झण्डै २९ अंकले घट्यो

काठमाण्डौ । शेयर बजार परिसूचक नेप्से आज २८ दशमलव ५९ अङ्कले घटेर दुई हजार ७७ दशमलव ५८ विन्दुमा झरेको छ ।

बजार घटेको दिन आज सबैभन्दा धेरै किसान लघुवित्तको शेयर साढे ६ प्रतिशत र हिमालयन लघुवित्तको शेयर साढे पाँच प्रतिशतले घटेको छ ।

आज ६० लाख १५ हजार कित्ता शेयर एक अर्ब ९२ करोड ४४ लाख रुपैयाँमा कारोबार हुदा सबैभन्दा धेरै माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीको आठ करोड ७४ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज म्युचल फन्डबाहेक सबै समूहको शेयर ओरालो लागेको हो । आज सुपर मादी हाइड्रोपावर कम्पनीको शेयर भने साढे ४ प्रतिशतले बढेको छ ।