एनसेल खरिद बिक्री प्रकरण : राज्यव्यवस्था समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय

काठमाण्डौ । एनसेल खरिद बिक्री प्रकरणमा छलफल गर्न राज्यव्यवस्था समितिले प्रधानमन्त्री पुष्पकमल दाहाललाई बोलाउने निर्णय गरेको छ ।

शुक्रबार बसेको बैठकले एनसेलको सेयर खरिद बिक्री प्रकरण शंकास्पद् देखएको भन्दै समितिले प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको हो ।
समितिका सभापति रामहरि खतिवडाले एनसेल बिक्री प्रकरणमा छलफल गर्न प्रधानमन्त्री बोलाउने निर्णय भएको बताउनुभयो ।

यसअघि लेखा समितिले पनि प्रधानमन्त्री दाहाललाई बोलाउने निर्णय गरेको थियो भने अर्थ समितिले एनसेल खरिद बिक्री प्रकरणमा १५ दिन जवाफ पेस गर्न निर्देशन दिएको थियो ।

यसैबीच उच्च अदालत पाटनले एनसेल खरिद बिक्री रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । अदालतले कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा बिहीबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै एनसेलको सेयर खरिद बिक्री सम्बन्धमा अभिलेख खर्ता नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो ।