प्रधानमन्त्री निवास अगाडि निर्माण व्यवसायीको बिरोध
काठमाण्डौ । निर्माण व्यवसायीहरुले प्रधानमन्त्री कार्यालय अगिाडि बिरोध प्रदर्शन गरेका छन् ।
आज (मंगलबार) निर्माण यन्त्रहरुसहित व्यवसायीहरुले बालुवाटारमा भेला भइ प्रदर्शन गरेका हुन् । उनिहरुले डोजर र अन्य निर्माण यन्त्रहरु सडकमा राखेर बिरोध प्रदर्शन गरेका हुन् ।
निर्माण उद्योगमा भएका समस्यालाई चाँडो सम्बोधन गरी देश निर्माणका संवाहक निर्माण व्यवसायीहरुलाई चाँडै काममा फर्काउने वातावरण सरकारले बनाउनुपर्ने बिरोध प्रदर्शन कार्यक्रममा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताउनुभयो ।
उहाँले नेपाल सरकारले बनाएका योजनाहरु ४ खर्ब भन्दा बढी योजनाको सुनिश्चितता गरेका भएपनि श्रोत नभएको योजनाहरुको म्याद थप गर्न लागेको बताउनुभयो । अध्यक्ष सिंहले प्रधानमन्त्री पुष्पकमल दाहालले निर्माण व्यवसायीहरुलाई काममा फर्काउनको लागि ठोस कार्ययोजना बनाइ माग सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सम्झौता गरेका माग कार्यान्वयन नभएसम्म र सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिनुभयो । व्यवसायीहले नारा लेखेको प्लेकार्ड समेत प्रदर्शन गरेका छन् ।