प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाण्डौ।  प्रतिनिधिसभाको बैठक आज (सोमबार) दिउँसो १ बजे बस्दैछ ।

आज बस्ने बैठकमा सभामुख देवराज घिमिरेले एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी गराउनु हुने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

यस्तै, संसद सचिवालयले जारी गरेको कार्यसूची अनुसार बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ । साथै राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गरिने भएको छ ।

यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने कार्यसूचि पनि रहेको छ ।

गत बसेको प्रतिनिधिसभा बैठकमा एमालेले बिरोध जनाएपछि कार्यसूचीमा प्रवेश नगरि आज सम्मको लागि बैठक स्थगित भएको थियो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सुन प्रकरणमा सरकार नै सहभागि भएको आरोप लगाएको छ ।