एमाले कर्णालीलाई केन्द्रको निर्देशन : उपसचिवमा पद्मा खड्कालाई बहाल गर्नु

काठमाण्डौ । नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा निर्वाचित गरेका उपसचिवलाई हटाएर पार्टी केन्द्रले नयाँ उपसचिव चयन गरेको छ ।

असोज १० देखि १५ गतेसम्म सुर्खेतमा भएको प्रदेश अधिवेशनको पदाधिकारी चयन समावेशी नभएको भन्दै असन्तुष्ट पक्षले पार्टी केन्द्रीय कार्यालयमा उजुरी हालेको थियो । उक्त उजुरीमा सुनुवाइ गर्दै पार्टी सचिवालयको २२ कात्तिकको बैठकले अधिवेशनकी उपविजेता पद्मा खड्कालाई उपसचिव पदमा कायम गरेको हो ।

पार्टी महासचिव शङ्कर पोखरेलले कर्णाली प्रदेश कमिटीका अध्यक्षलाई एक पत्र लेख्दै खड्कालाई बहाल गराउन निर्देशन दिनुभएको छ । महासचिव पोखरेलले निर्देशन गरेको पत्रमा भनिएको छ । पोखरेलले जारी गरेको पत्रमा हाल कायम रहेका उपसचिव रमेश शाहीलाई प्रदेश कमिटीमा मनोनीत गर्न निर्देशन दिनुभएको छ ।