पोखरामा जारी केपी ओली कप : एपीएफ सेमिफाइनलमा

काठमाण्डौ । पोखरामा जारी केपी ओली कप टि– २० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग ५ रनले पराजित गरेको छ ।

लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो । टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनाएको थियो ।

 

समूह बीमा गण्डकी, लुम्बिनीसहित सशस्त्र प्रहरी बल (एपीएफ) थिए । समूह बीमा एपीएफ, लुम्बिनी र गण्डकीको २ २ अंक छ । गण्डकीले एपीएफलाई ४ विकेट र एपीएफले लुम्बिनीलाई ८४ रनले पराजित गरेको थियो ।

 

गण्डकी पराजित हुँदा अंक बराबरी रहेको एपीएफ रनरेटका आधारमा सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सेमिफाइनलमा समूह सीका विजेतासँग खेल्नेछ ।