लामो समयदेखि सम्पर्कमा नआएका २६ जनालाई ७ दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको सूचना
काठमाण्डौ । लामो समयदेखि सम्पर्कमा नआएका प्रहरीको विभिन्न पदमा कार्यरत २६ जनाको नाममा प्रहरी प्रधान कार्यालयले हाजिर हुन सूचना निकालेको छ ।
आज प्रहरीको प्रधान कार्यालयले निकालेको सूचनामा विभिन्न पदमा कार्यरत रही सम्पर्कविहीन भएका २६ जनालाई ७ दिनभित्र हाजिर हुन भनिएको छ । आफूखुसी कार्यालयमा गैरहाजिर रहेका उनीहरुलाई प्रहरी प्रधान कार्यालयले खोजी गरेको हो ।
पहिलो पटक सूचना जारी गर्दा हाजिर नभएपछि प्रहरी प्रधान कार्यालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुनेबारेको सार्वजनिक सूचना निकालेको हो । बाटोको म्यादबाहेक ७ दिनभित्र स्पष्टीकरणसहित हाजिर नभएमा सेवाबाट हटाउने सूचनामा उल्लेख छ ।