दुर्गा प्रसाईं नेतृत्वको महाअभियानलाई तीनकुने क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कार्यक्रम गर्न नदिने

काठमाण्डौ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’लाई तीनकुने क्षेत्रमा कार्यक्रम गर्न नदिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जनाएको छ ।

महाअभियानका अध्यक्ष प्रसाईंले गलत मनसायका साथ आजदेखि तीनकुने क्षेत्रमा कार्यक्रम गर्ने घोषणा गरेकाले उक्त क्षेत्रमा कार्यक्रम गर्न निषेध गरिएको र जबरजस्ती गरे कानुनबमोजिम कारबाही गर्ने चेतावनी स्थानीय प्रशासनले दिएको छ ।

शान्ति सुरक्षामा गम्भीर असर पार्ने गरी प्रचलित कानुन विपरीतका गतिविधि गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनको चेतावनी छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्र प्रसाद आचार्यद्वारा बिहीबार जारी विज्ञप्तिमा गलत मनसायका साथ कार्यक्रम गर्न लागिएको भन्दै स्थानीय प्रशासनबाट अनुमति प्रदान नगरिएको उल्लेख छ ।