एमालेद्वारा मंसिर १४ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित कार्ययोजना पारित

काठमाडौं । नेकपा एमालेले मंसिर १४ गतेदेखि सुरु हुने मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियान (झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा)को विस्तृत कार्ययोजना पारित गरेको छ ।

आज (बुधबार) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको एमाले केन्द्रीय कमिटी बैठकले संकल्प यात्राको विस्तृत कार्ययोजना पारित गरेको हो ।

सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनका लागि एमालेले मंसिर १४ गतेदेखि सो अभियान थाल्दैछ ।