वामपन्थी एकताको कुरा नगर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको आग्रह
काठमाण्डौ । वामपन्थी एकताको कुरा नगर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आग्रह गर्नुभएको छ ।
आज (बुधबार) पार्टीको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकता गर्ने कुरा नयाँ फर्मुला नभएको बताउनुभयो । ०७५ मा एउटा एकता गर्दा पार्टी दुई पटक फुटेको स्मरण गर्दै अध्यक्ष ओलीले अरुका स्वार्थको लागि काम गर्न वामपन्थी हुन नसक्ने बताउनुभयो ।
‘यो वामपन्थी शक्ति नमिली हुँदैन भन्ने कुरा पपुलिष्ट कुराहरू हुन् । नगर्न म साथीहरूलाई आग्रह गर्छु । वामपन्थी शक्ति मिल्नुपर्छ यो कसले नजान्या नयाँ फर्मुला हो र ? मैले राजनीतिक सुरू गर्दा पनि पार्टी विभाजित अवस्थामै थियो । त्यहाँदेखि वामपन्थी एकताको माला जपेको ।’, अध्यक्ष केपी शर्मा ओलीको भनाई थियो ।
उहाँले भन्नुभयो, ‘वामपन्थी एकता जति गरायो त्यति फुट्छ । एउटा एकता गराउँदा दुईवटा फुट्छ । हामीले ७५ सालमा एउटा एकता गर्दा त्यसपछि दुईवटा फुट्यो । त्यतिबेला त्यो अवश्यक थियो। होइन भने हामी सरकार गठन गर्न सक्दैनथौं । काम गर्न सक्दैनथ्यौं । हाम्रो नीति यी हुन् भन्न सक्दैनथ्यौं ।’