केही राजनीतिक दलले जातको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेका छन् : अध्यक्ष ओली
काठमाण्डौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही राजनीतिक दलले जातको कुरा गरेर जनतालाई भिडाउने काम गरिरहेको बताउनुभएको छ ।
पर्साको पोखरीयामा नेकपा एमालेले आमसभा तथा वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले स्वार्थ पूर्तिका लागि जनतालाई भिडाउने काम एमालेले नगर्ने स्पष्ट पार्नुभयो । उहाँले एमाले सबैलाई एकताबद्ध गरेर राष्ट्र निर्माण गर्ने अभियानमा लागेको बताउनुभयो ।
उहाँले जातको नभएर परिवर्तन, विकास, एकता र देशको कुरा गर्नुपर्नेमा जोड दिनुभयो ।

