बैंकले ब्याजदर २ प्रतिशतभन्दा माथि फरक बनाउन नपाउने
काठमाण्डौ । बैंकहरुले २ प्रतिशतभन्दा माथि ब्याजदर बनाउन नपाउने भएका छन् ।
बैंक तथा वित्तीय संस्थाहरुलाई कर्जा लगानी र ब्याजदरको विषयमा नेपाल राष्ट्र बैंकले एकै प्रकारका कर्जामा ऋणीहरुबीचको ब्याजदर अन्तर २ प्रतिशतभन्दा बढी पार्न नपाइने व्यवस्था गरेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिँदा आफूले लिने कर्जासम्बन्धी नियामकीय प्रावधान तथा कर्जा प्रदान गर्ने संस्थाले लागू गर्ने सर्तहरू बुझेर मात्र कर्जा लिनसमेत राष्ट्र बैंकले आग्रह गरेको छ ।