एमाले स्वयंसेवक भूकम्प प्रभावित क्षेत्रमा, आजैबाट अस्थायी घर टहरा निर्माणमा जुट्ने
काठमाण्डौ । भूकम्प प्रभावित स्थानहरूमा भग्नावशेष व्यवस्थापन र अस्थायी आवास निर्माणका लागि नेकपा एमालेका ११ सय स्वयंसेवकको टोली आजबाट काममा खटिएको छ ।
एमाले विपत् व्यवस्थापन तथा स्वयंसेवक विभाग प्रमुख किरण पौडेलको नेतृत्वमा ११ सय स्वयंसेवक जाजरकोटको र रुकुममा परिचालन भएको हो ।
२५ जनाको दरले विभाजन गरिने ४० टुकडीद्वारा विभिन्न ४० स्थानहरूमा एकैसाथ श्रमदान केन्द्रीय सदस्यसमेत रहनुभएका प्रमुख पौडेलले जानकारी दिनभयो । स्थानीय कमिटीहरू तथा जिफण्ट्को टोली यस अघि नै मैदानमा क्रियाशील छ ।
पौडेलका अनुसार १५ दिनसम्म जाजरकोटमा ७ सय र रुकुममा ४ सय स्वयंसेवक खटिने छन् ।