एमालेले सामाजिक अराजकतालाई टुलुटुलु हेरेर बस्न मिल्दैन : महासचिव पोखरेल
काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकार चलाउनेहरु नालायक भए भन्दैमा एमालेले सामाजिक अराजकतालाई टुलुटुलु हेरेर नबस्ने बताउनुभएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी जनसंगठन पदाधिकारीहरुको विशेष भेलामा बोल्नुहुँदै महासचिव पोखरेलले न्याय र सत्यका पक्षमा एमाले पंक्ति उभिन सक्छ भन्ने मान्यता स्थापित गर्न जरुरी रहेको बताउनुभयो ।
उहाँले सरकार चलाउनेहरूको कमजोरी र उदासीनताका कारण अहिले मुलुकमा धेरै खाले अराजकता र साम्प्रदायिक विद्वेष फैलिरहेको बताउनभयो ।
अहिले मुलुकमा एमाले र नेपाली सेना दुई वटा शक्तिमाथि आक्रमण भइरहेको भन्दै उहाँले यी दुई शक्तिलाई कमजोर पार्दा नेपाल राष्ट्र कमजोर हुने भन्दै यस्तो अवस्थामा एमाले चुप लाग्न नसक्ने बताउनुभयो ।
एमाले र सेनालाई कमजोर बनाउन सकियो भने नेपाल राष्ट्रलाई विदेशहरूको क्रिडास्थल बनाउन सकिन्छ भन्ने लागेर त्यस्तो आक्रमण भइरहेको भन्दै उहाँले त्यसको प्रतिरोध एमालेले गर्ने बताउनभुयो ।
‘वैकल्पिक शक्ति भन्नेहरूको प्रहार पनि एमालेमाथि नै भएको छ । सरकारमा रहेकाहरू र परिवर्तन सफल भएन भन्नेहरूको पनि प्रहारमा एमाले परेको छ’, उहाँले भन्नुभयो ।