टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्चमा रिट दायर
काठमाण्डौ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरूद्व सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
आज शुक्रबार बिहान वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले सर्वोच्चमा रिट दायर गर्नु भएको हो । रिट दर्ता हुन भने बाँकी छ ।
टिकटक बन्दविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट पुगिसकेका छन् । हाल ती रिटहरु अध्ययनका क्रममा रहेको र अध्ययनपछि रिट दर्ता हुने कि नहुने वा कुन कुन रिट दर्ता हुने भन्ने सम्बनधमा निर्णय हुनेछ ।
गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।