एमालेले बोलायो विशेष बैठक, अध्यक्ष ओलीले सम्बोधन गर्ने
काठमाण्डौ । नेकपा एमालेले विशेष बैठक बोलाएको छ । बैठक भोलि मसिंर २ गते पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो १ बजे बस्ने भएको हो ।
बैठकमा जनसंगठनका पदाधिकारी र काठमाडौँमा उपलब्ध केन्द्रीय सदस्यहरुलाई बोलाइएको एमालेले जनाएको छ । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुने छ । बैठकमा पछिल्लो राजनीतिक गतिविधि र युवासंघको आयोजनामा हुने मंसिर ७ गतेको कार्यक्रमको बारेमा छलफल हुने एमाले केन्द्रीय कार्यालय सचिव डा भीष्म अधिकारीले जानकारी दिनुभयो ।
एमालेको भ्रातृ संस्था राष्ट्रिय युवा संघले आगामी मंसिर ७ गते भ्रष्टाचार, महँगी, अनियमितता तथा राज्यको अराजकताविरुद्ध काठमाण्डौमा जनप्रदर्शन गर्दैछ ।
सामाजिक अभियन्ता दुर्गा प्रसाईँले पनि सोही दिन काठमाण्डौमा प्रदर्शन गर्ने तयारी गर्नुभएको छ ।