प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रचण्ड र ओलीबीच दुई घण्टा कुराकानी भएको हो । प्रधानमन्त्रीले बोलाएपछि ओली आज भेट्न बालुवाटार पुग्नु भएको हो ।
भेटमा विशेष गरी संवैधानिक परिषद्को बैठक बोलाउनेबारे छलफल, प्रधानन्यायाधीश सिफारिसलगायतका विषयमा छलफल केन्द्रित भएको जनाइएको छ ।

भेटवार्ताको क्रममा ओलीले प्रधानमन्त्रीसँग संवैधानिक परिषद्को बैठक संविधान बमोजिम एक महिनाअघि नै किन बैठक राखिएन भनेर भन्दै असन्तुष्टि व्यक्त गर्नु भएको छ ।
भेटवार्तामा संसद् अवरोध खुलाउनेबारे पनि छलफल भएको बताइएको छ ।